कुवेतमा पनि यसरी मनाइयो तमु ल्होसार..हेर्नुहोस

कुवेत सिटी । तमु (गुरुङ) जातिको महानपर्व तमु ल्होसार कुवेतमा भब्य रुपमा मनाइएको छ । तमु प्ये ल्हू संघको आयोजनामा शुक्रबार जिलिबको वेडिंग हलमा बिशेष सास्कृतिक कार्यक्रम तमु ल्होसार मनाइएको हो । परदेशी भूमिमा भएर पनि तमु जातिको रितिरिवाज परम्परा भाषा भेषभूषा कला सस्कृति जगेर्ना गर्न प्ये ल्हु संघ सक्रिय रहँदै आएको छ । “भेडा वर्गलाई विदाई तथा वाँदर बर्गलाई स्वागत” गर्दै आयोजना गरिएको ल्होसार कार्यक्रम अध्यक्ष गोपाल तमुको अध्यक्षता बरिष्ठ सल्लाहकार नरजीत तमु प्रमुख अथिति रहेको कार्यक्रम डम्मर तमु र लिल तमुले संयुक्त रुपमा संचालन गरेका थिए ।नेपाली संघसस्थाका प्रतिनिधि, समाजसेवी, बुद्दिजिबी, पत्रकार कलाकार, कुबेतबासी नेपालीहरुको उपस्थिति रहेको कार्यक्रममा साउदीबाट आएका अथिति कलाकार तिलक गुरुङ कुबेतका चर्चित गायक जोडी बीबी मल्ल र डीबी लोप्चनको साथमा स्थानीय कलाकारले आफ्ना जोडदार प्रस्तुति पस्किएका थिए । प्ये ल्हू संघमा आबद्द कलाकारहरुले तमु कला सस्कृति झल्कने बिभिन्न प्रस्तुतिले उपस्थित सबैलाई मनोरंजन प्रदान गरेका थिए । भने सम्पूर्ण तमुहरुको ग्रहशान्तिको लागि स्याई स्याई(रुपा)को पनि आयोजना गरिएको थियो ।

,

0 comments

Write Down Your Responses