पाँच वर्ष कुवेत मा बन्धक जस्तै भएर फर्केकी डोल्माको सुन र पैसा राजदूतावासमा अलपत्र
१० पुस, काठमाडौं । पाँच वर्षसम्म घर फर्कन नपाएर कुवेतमा पाँच वर्षस बनेकी डोल्मा तामाङ नेपाली राजदूतावासको पहलमा अघिल्लो महिना स्वदेश फर्कन सफल भइन् । तर, उनले कमाएको सुन र पैसा भने यतिबेला कुबेतस्थित नेपाली दूतावासमा अलपत्र परेको छ । इलामको गोर्खे-२ निवासी डोल्मा सन् २०१० मा भारतको बाटो हुँदै कुवेत पुगेकी थिइन् ।
कुवेतमा घरेलु कामदारका रुपमा काम गरेकी उनलाई दुई वर्ष पुगेपछि घर पठाइदिन पटक-पटक अनुरोध गरे पनि घरमालिकले बन्धकजस्तै बनाएर घरभित्रै काम लगाएर राखेको थियो ।
सुरुमा तलब घर पठाउन पाए पनि विगत २ वर्षदेखि डोल्मालाई तलबसमेत नदिई आफ्नै कब्जामा राखेको थियो ।
गत नोभेम्बर ९ मा नयाँ पासपोर्ट बनाउनका लागि हस्तलिखित पासपोर्ट बोकेर डोल्मा घरमालिकसँगै कुवेतस्थित नेपाली दूताबासमा पुगिन् । त्यसबेला दूतावासले सोधीखोजी गर्दा उनले विगत पाँच वर्षदेखि नेपाल जान नपाएको र तलबसमेत घर मालिक्नीले लिएको बताइन् ।यस्तो सूचना पाउनासाथ नेपाली दूतावासले डोल्माको पासपोर्ट, नेपाली नागरिकता र सिभिल आइडी कार्ड कब्जामा लियो र उनलाई समेत दूताबासमै राख्यो ।
घरमालिकले डोल्मालाई पुनः आफ्नै घरमा लैजान बलजफ्ती गर्दै लैजान नदिएमा डोल्माविरुद्ध मुद्दा हालिदिने धम्की दियो ।
कुवेतमा घरेलु कामलाई त्यहाँको श्रमिक कानूनले नसमेट्ने र घरेलु कामदार ‘कफाला सिस्टम’ भित्र बस्नुपर्ने भएकोले घरमालिकले जुनसुकै बेला कामदार विरुद्ध मुद्दा हालिदिन सक्थ्यो ।
एकातर्फ हस्तलिखित राहदानीले २०१५ नोभेम्बर २४ पछि काम नगर्ने र अर्कोतर्फ घरमालिकले जुनसुकै बेला उनीविरुद्ध मुद्दा हालिदिन सक्ने खतरा भएकाले डोल्मालाई जतिसक्दो चाँडो नेपाल पठाउन उपयुक्त देखी दूतावासले कुवेतको क्राउन प्लाजामा काम गर्ने चितवनका प्रकाश क्षेत्रीको सहयोगमा हवाइ टिकटको व्यवस्था गरी गत नोभेम्बर २१ तारिखमा उनलाई नेपाल फर्काउन सफल भयो ।सुन र पैसा नेपाली दूताबासमा
दूताबासको पहमा डोल्मा नेपाल फर्किन सफल भए पनि उनले दुई वर्षको तलब पाएकी थिइनन् । उनले पकाएको तलबबाट एउटा मोबाइल, सुनको एक औंठी, सिक्री तथा रिङ किनेको र बाँकी रकम तथा सो सबै सामानहरु घर मालिक्निीले राखेको बताएपछि दूतावासले सो रकम तथा सामान झिक्न पटक-पटक पहल गरेता पनि सकेको थिएन ।
नेपाली दूताबासले घर मालिकलाई डोल्मा नेपाल फर्केको सूचना दिएन र दूताबासभित्रै रहेको बतायो । डोल्माले पाउनुपर्ने सबै रकम र सामानहरु प्राप्त भएमा उनलाई तिम्रै घरमा पठाइदिन्छौं भनेर पटक-पटक आग्रह गरेपछि घर मालिकले डोल्माका गरगहना र नगदसमेत दूताबासमा ल्याउन बाध्य भयो ।
दूताबासले सबै सामान बुझिसकेपछि मात्रै घर माकिललाई डोल्मा तिम्रो घरमा काम गर्न जाँदिनन् र उनलाई नेपाल फर्काइन्छ भन्ने जानकारी दियो ।
डोल्माले दूताबासमा सम्पर्क गरिनन्
नेपाल फर्कंदा डोल्माको सामान र पैसा घरमालिकबाट उठाउन पहल गर्ने र सामान प्राप्त भएमा नेपाल पठाइदिने दूताबासका कर्मचारीले बताएका थिए । नेपाल पुगेपछि राजदूतावासमा सम्पर्क गर्न डोल्मालाई दूताबासका कर्मचारीलेे मोवाइल नम्बरसमेत दिएर पठाएका थिए ।तर, डोल्माले अहिलेसम्म पनि कुवेतस्थित दूताबासमा सम्पर्क नगरेपछि उनको सामान कसरी बुझाइदिने भनी दूतावासलाई चिन्ता लागिरहेको दूतावास श्रम सहचारी गोमादेवी ढकालले अनलाइनखबरलाई बताइन् ।
नेपाल फर्कंदा डोल्माको सामान र पैसा घरमालिकबाट उठाउन पहल गर्ने र सामान प्राप्त भएमा नेपाल पठाइदिने दूताबासका कर्मचारीले बताएका थिए । नेपाल पुगेपछि राजदूतावासमा सम्पर्क गर्न डोल्मालाई दूताबासका कर्मचारीलेे मोवाइल नम्बरसमेत दिएर पठाएका थिए ।तर, डोल्माले अहिलेसम्म पनि कुवेतस्थित दूताबासमा सम्पर्क नगरेपछि उनको सामान कसरी बुझाइदिने भनी दूतावासलाई चिन्ता लागिरहेको दूतावास श्रम सहचारी गोमादेवी ढकालले अनलाइनखबरलाई बताइन् ।
आफु हाल नेपाल आउन लागेकाले डोल्माका सामानसमेत लिएर आउने ढकालले बताइन् । नेपालमा डोल्मालाई खोज्न पहल गर्ने र नभेटेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा उनका सामान र गहना बुझाइदिने श्रम सहचारी ढकालले बताइन् ।
कुबेतको दूताबासमा रहेको नगद भने ढकालले नल्याउने र पछि उनी सम्पर्कमा आएपछि कुवेतबाटै बैंकमार्फत पठाइने ढकालले अनलाइनखबरलाई बताइन् ।
0 comments
Write Down Your Responses