किशोरीमाथि एसिड प्रहार गर्ने जीवन बिकलाई १० वर्षको जेल सजाय

काठमाडौं, ८ पुस । काठमाडौंको बसन्तपुरस्थित एक ट्युसन सेन्टरमा तीन किशोरीमाथि एसिड आक्रमण गर्ने जीवन बिकलाई जिल्ला अदालत काठमाडौंले १० वर्ष जेल सजाय सुनाएको छ ।
विकलाई ज्यान मार्ने उद्योगअन्तर्गत जिल्ला न्यायधीश हरिप्रताप केसीको इजलासले १० वर्ष जेल सजाय सुनाएको हो ।उनले गत फागुन १० गते बिहानै ट्युसन पढ्न गएका तीन छात्रामाथि  एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट दुईजना छात्रा गम्भीर घाइते भएका थिए ।
 
त्यति बेला यस घटनाले ठूलो रुप लिएको थियो । प्रहरीले पनि एसिड प्रहार गर्ने विकलाई २६ दिनपछि बल्ल बल्ल पक्राउ गर्न सफल भएको थियो ।

,

0 comments

Write Down Your Responses