ट्याक्टर दुर्घटनामा चारजनाको मृत्यु

गुल्मी, मंसिर २९ । गुल्मीको हस्तीचौर गाविसमा गएराति भएको ट्याक्टर दुर्घटनामा चार जनाकोे मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हस्तीचौर–६ का ट्याक्टर चालक बैकुण्ठबहादुर मुखिया, हस्तीचौर–३ का तीर्थबहादुर खत्री, चन्द्रबहादुर कुँवर र जुद्ध मुखिया रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परि एकजना घाईते भएका छन् । घाईतेको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । सदरमुकाम तम्घासबाट खुद्रा सामान बोकेर हस्तीचौरतर्फ जाँदै गरेको लु२त ४८३१ नम्बरको ट्याक्टर गएराति सोही गाविस–३ स्थित कालाखोला भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटना भएको ट्याक्टर सडकबाट ५ सय मिटर तल भीरमा खसेको कारण स्थानीयवासी र प्रहरीलाई उद्धारमा कठिनाई भएको थियो ।

,

0 comments

Write Down Your Responses