भ्रष्टाचारको आरोप लागेका सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त १० करोड धरौटीमा रिहा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आजदेखि वन्तको बयान शुरु भएकोमा बयान नसकिएपछि अख्तियारले उनलाई हिरासतमा लिन खोजेको थियो । तर वन्तले चाहिएको धरौटी बुझाउने भनेपछि अख्तियारले१० करोड रुपैयाँ धरौटी मागेको थियो ।
वन्तले दुई घण्टाभित्र उक्त रकम जुटाएको अख्तियार स्रोतले जनाएको छ । वन्तको धरौटी रकमका लागि सिटिजन्स बैंक ग्यारेन्टी बसेको छ ।
धरौटी रकम बुझाएपछि अख्तियारले वन्तलाई रिहा गरेको छ । वन्तको बयान भने भोलि पनि जारी रहने अख्तियारले जनाएको छ ।
0 comments
Write Down Your Responses