मलेसिया जान लागेको विमान एक्कासी अष्ट्रेलिया तर्फ उड्दा पाइलट नै तिन छक्क..
क्रिस्मसको दिन मलेसियन एयरलाइन्सको विमान अकल्याण्ड एयरपोर्टबाट उडेर गलत दिशा तर्फ लाग्यो। एमएच१३२ विमान अकल्याण्ड एयरपोर्टबाट क्वालालम्पुर तर्फ उडेको थियो तर उडेको आठ मिनेट पश्चात पाइलटले विमान अष्ट्रेलियाको मेलवर्न तर्फ लागेको थाहा पाए।अनि अकल्याण्डको एयर ट्राफिक कन्ट्रोलरलाई विमानले मलेसिया जान सिधा बाटो किन लिएको छैन भनी पाइलटले सोधे। विमानले गलत दिशा लिएको पक्का भए पछि पाइटले विमान मोडेका थिए।
हावा हुरीबाट बच्न विमान कहिले काहीँ विमान दक्षिणी अष्ट्रेलिया हुँदै जाने गरेको न्युजिल्याण्डका एभियसन कमेन्टेटर पिटर क्लार्क भन्छन।पाइलटले समयमै जानकारी गराएकोले विमान अन्यत्र जान पाएन, उनले थपे।
विमानले उड्नासाथ गलत दिशा लिएको बारे विमानमा सवार यात्रुलाई भने केही भनिएन।
विमानको उड्ने बाटो उडान भर्नु पूर्व नै तय गरिएको हुन्छ। विमानलाई दक्षिण हुँदै मलेसिया तर्फ लैजाने बाटो तय गरिएको थियो। तर पाइलट सो रुटमा अनुभवि नहुँदा विमान अन्तै गएझैँ लागि विमानको दिशा परिवर्तन गर्नुपरेको थियो।
0 comments
Write Down Your Responses