माधव नेपालले दिए ऋषि धमलाकी छोरीलाई प्रधानमन्त्री बन्ने आशिष
काठमाडौँ, ९ पुष । विबाद र चर्चाका राजा नै मानिन्छ ऋषि धमलालाई । उनी आफुलाई सक्षम, सवल र ठूलो कोटीको संचारकर्मी ठान्छन् तर उनका दर्शक श्रोता उनलाई पत्रकार मान्न राजी नै हुँदैनन् । श्रोता र दर्शकले धमलालाई एउटा स्रोतका रुपमा मात्रै हेर्छन् ।हरेकपल खट्न सक्ने र लाज सरम नमान्ने बानीका कारण धमला पत्रकारीतामा मात्रै सिमित छैनन् । उनी नेपालका शक्तिशाली मन्त्री जत्तिकै हैशियत राख्छन् यो तितो सत्य हो । यही राम्रो बानीका कारण नामी नेताहरुले पनि धमलाको वचन खेर फाल्दैनन् र उनको निमन्त्रणालाई स्विकार्छन् ।बिहिबार पनि धमलाको निमन्त्रणालाई स्विकारेर माधव नेपाल र उनको भेटघाट भयो । तर यो भेटघाट कुनै वादविबाद वा राजनीतिक थिएन । धमलाकी छोरी एरिका धमलाको अन्नप्रशनको उपलक्ष्यमा आयोजित कार्यक्रमका अवसरमा थियो । सो अवसरमा नेता नेपालले धमलापुत्री एरिकालाई प्रधानमन्त्री बन्ने आशिस दिएका थिए ।सो अवसरमा शेर बहादुर देउवा, नायक राजेश हमाल, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । तस्विर : मुकुन्द कालिकोटे
0 comments
Write Down Your Responses