डरलको लोभ देखाउँदै पैसा लुट्ने दम्पती प्रक्राउ .. पुरा समाचर पढौ

बनेपा : डरलको लोभ देखाउँदै पैसा लुट्ने दम्पती प्रक्राउ परेका छन् । म्यानपावरमार्फत मानिस विदेश पठाउन काम गर्दै आएका सिन्धुपाल्चोक स्याउले–३ का मंगलबहादुर तामाङ र पत्नी लक्ष्मी तामाङलाई जिल्ला प्रहरी कार्यलय काभ्रेले ठगी र लुटपाटको आरोपमा प्रक्राउ गरेको छ ।
आफू भूकम्पपीडित रहेको बताउँदै योजनाबद्धरुपमा लुटपाट गर्दै आएका तामाङ दम्पतीले डरल सस्तोमा साट्ने प्रलोभन देखाएर काशीखण्ड नगरपालिका–११ का ४५ वर्षीय कान्छा तामाङलाई जंगलमा घाइते बनाई तीन लाख लुटेको  आरोप प्रहरीले लगाएको छ । यो घटनामा संलग्न भएको अभियोगमा दम्पतीसहति अन्य दुई अभियुक्तलाई पनि प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । 
लक्ष्मीले फिल्मी शैलीमा कान्छा तामाङलाई ललितपुर बालकुमारीको एक चिया पसलमा परिचय गर्दै फोन कुराकानी मार्फत आफुसँग रहेको डलर साट्न नसकेको बताउँदै सस्तोमा साट्ने लोभ देखाएर काभ्रेको नाला गाविसमा डाकेकी थिइन् । 
कान्छा तामाङलाई  बनेपाबाट नालासम्म बसमा पछ्याउन साथी पासाङ, पदम तामाङ र पति मंगललाई लगाउँदै पुस ७ गते जंगलमा लगेर धारिलो हतियारले टाउको तथा शरीरमा खुकुरी, रड र ढुंगा प्रहार गरि उनीसँग रहेको ३ लाख रुपैयाँ लिएर उनीहरु फरार भएका  थिए ।आफू भूकम्पपीडित भएको भन्दै आफूसँग रहेको ५० को ३ सय ५० थान डलर सस्तोमा साटिदिने बहानामा उग्रचण्डीनाला–४ स्थित जंगलको बाटोमा बोलाई लुटेको पीडित कान्छा तामाङ्गले बताए ।
विदेश पठाउने काम गर्दै आएका घटनाका मुख्य योजनाकार दिनेश लामा भन्ने सिन्धुपाल्चोक स्याउल–३ का मंगलबहादुर तामाङलाई डिएसपी राजकुमार केसीको नेतृत्वको टोलीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको थियो ।
उनकी पत्नी सम्झना भन्ने लक्ष्मी तामाङलाई बुधबार डेराबाट,  सिन्धुपाल्चोक सिम्पालकाभ्रे–६ घर भएका पासाङ तामाङलाई बनेपा बसपार्कबाट र पदमबहादुर तामाङलाई मलेसिया जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गरिएको थियो । 
विभिन्न अपराधिक घटनामा संलग्न तामाङ जोडीले सिन्धुपाल्चोकमा काठ किन्ने भन्दै २ लाख ५० हजार लुटेको उजुरीसमेत जिल्ला प्रहरी कार्यलय भक्तपुरमा रहेको छ ।  
विभिन्न समयमा लोभ लाचममा पारेर ठगी तथा लुटपाट गरेको हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको डिएसपी राजकुमार केसीले बताए ।

,

0 comments

Write Down Your Responses