नेपाली महिलाहरु सेक्समा रमाउँन नसक्नुको कारण हरु ..हेर्नुहोस डा करुणा यसो भन्छिन्-

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रष्ट छिन् ।
१२ बर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन
– अनुसन्धान गरिरहेकी करुणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । तपाईलाई फेमिली थेरापिष्ट भन्दा रहेछन्, 
नेपाली महिलाहरु सेक्समा रमाउँन नसक्नुको कारण के पाउँनु भयो ?
– उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुष सँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । तपाइले कतिपय महिलाहरु सेक्सको बेला नाङगै हुन सक्दैनन् । बत्ति बालेर सेक्स गर्न मनन्दैनन् भन्ने सुन्नु भएको होला । यसको मूल कारण नै उनीहरुमा भएको सेक्स प्रतिको बितृष्ण हो । जव कि नाङगो हुनु सेक्सका लागि अनिवार्य जस्तै हो ।
नेपालका शहरी क्षेत्रमा महिला–पुरुष सेक्समा उदार हँुदैछन् ,

, ,

0 comments

Write Down Your Responses