रोजगारमा जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याइएको छ । वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आयोजित कार्यक्रममा विदेश जाने अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् । वैदेशिक रोजगार बोर्डका निर्देशक शिवराम पोखरेलले भूकम्पपछि विदेश जाने महिलाको सङ्ख्या बढ्न सक्ने हुँदा भूकम्प प्रभावित क्षेत्रमा उनीहरुलाई लक्षित गरी वैदेशिक रोजगारीमा आवश्यक पर्ने विभिन्न सीपमूलक परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिए ।महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि शोभा खरेलले महिलालाई ललाइफकाइ विदेशमा लगी बेच्ने गिरोह सक्रिय रहेकाले उनीहरुलाई राहदानी लिन अगाडिदेखि नै विभिन्न तहमा परामर्श उपलब्ध गराउनुपर्नेमा जोड दिइन ।
वैदेशिक रोजगारमा गएका ८६ महिला गर्भवती भएर फर्किए पछी .....
वैदेशिक रोजगार बोर्डकासदस्य एवम् व्यवसायी सीता देवकोटा, महिलाकी निम्ति अधिकार मञ्चका अध्यक्ष सिर्जना पुनले विभिन्न ऐजेन्टले प्रतिबन्धित मुलुकमा महिलालाई विभिन्न प्रलोभनमा पारी अन्य मुलुकबाट विदेश लैजाने गरेकाले त्यसलाई रोक्न अधिकारकर्मी लाग्नुपर्नेमा जोड दिए ।दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालनका अध्यक्ष नेहा शर्माले वैदेशिक रोजगारमा गई ४१५ महिला फर्केका त्यसमा ८६ गर्भवती भएका तथा अफ्रिकी, दुबई, खाडीलगायत मुलुकमा सय भन्दा बढी जेलमा परेका र ४१ जनाले आत्महत्या गरेको बताइन। एजेन्सी
0 comments
Write Down Your Responses