नविन के भट्टराई र एड्रिन प्रधानको लाइभ प्रस्तुती (हेर्नुहोस भिडियो)
काठमाडौं । दरबारमार्गमा रहेको चर्चित भिक्ट्री क्लब, लाउन्ज एन्ड बारमा अंग्रेजी नयाँ वर्ष विशेष कार्यक्रम हुने भएको छ । अंग्रेजी नयाँ वर्षलाई विशेष स्मरणीय बनाउन चाहनेहरूलाई लक्ष्य गरेर भिक्ट्रीले न्यू एयर इभ अर्थात डिसेम्बर ३१ तारिख बिहीवार र जनवरी एक तारिख शुक्रबार विशेष कार्यक्रम गर्न लागेको हो ।
कलाकार र फ्यानहरुबीच साक्षात्कार गराउने तथा स्रोता दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने उद्देश्यले चर्चित कलाकारहरुलाई बिभिन्न अवसरहरुमा भिक्ट्रीमा निम्ताउने गरिएको छ,’ सञ्चालक राम गिरीले भने, ‘अत्याधुनिक सुविधा र अन्तर्राष्ट्रिय स्तरको लाउन्जमा पाल्नुहुने सबैले पूर्ण पारिवारिक वातावरणमा भरपूर मनोरञ्जन लिन पाउनुहुन्छ ।’
भिक्ट्रीमा आउने सबै ग्राहकलाई कुनै गुनासो गर्नुपर्ने अवस्था नरहेको अर्का सञ्चालिका निरा श्रेष्ठले बताइन् । ‘अंग्रेजी नयाँ वर्ष विशेष होस् भन्ने चाहना राख्नेहरूलाई भिक्ट्रीले विशेष ढंगले नै स्वागत गर्ने तयारी गरेको छ,’ श्रेष्ठले भनिन् ।
सीसीटीभी क्यामराको निगरानी भित्र रहेको भिक्ट्रीमा साउन्ड प्रुफ र अत्याधुनिक लाइटिङ सिस्टम छ ।
0 comments
Write Down Your Responses