गुल्मी, ७ पुस । एकै दिन ४ जनाले झुण्डिएर र बिष सेवन गरेर आत्महत्या गरे
अनिल खत्री
गुल्मी, ७ पुस । मंगलबार गुल्मीमा एकैदिन चार जनाले आत्महत्या गरेका छन् ।जिल्लाका बिभिन्न गाविसमा भुण्डिएर र बिष सेवन गरेर मगंलवार चार जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको हस्तिचौर १ घर भएकी २१ बर्षीया लिलिमा महतले आफ्नो माइतीघर अर्जे गाविस ८ मा भुण्डिएर आत्महत्या गरेकी छन् भने जिल्लाकै दरवार देवीस्थान ५ की १६ बर्षीया कमला टोमटाले आफ्नै घरको बिच तलामा झुण्डिएर आत्महत्या गरेकी छन् ।
यसैगरी जिल्लाको दौघा गाविस ३ का ३३ बर्षीय श्याम बहादुरले पनि मगंलवार नै झुण्डिएर आत्महत्या गरेको गुल्मीका प्रहरी निरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।
यता जिल्लाको दिगाम ६ मा ३८ बर्षीया सरस्वती अर्यालले पनि मगंलवार नै बिष सेवन गरेर आत्महत्या गरेकी छिन । अर्यालले ब्लुम नामक किटनाशक सेवन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका मुद्दा फाटँका असई सत्यनारायण यादवले जानकारी दिए । पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढेको गुल्मीमा बार्षिक ५० जनाभन्दा बढीले आत्महत्या गर्छन् ।
0 comments
Write Down Your Responses