तेश्रोलिङ्गी भएकै कारण प्रेममा धोका पाएः तेश्रो लिङ्गी भुमिका श्रेष्ठ

काठमाडौं:  तेश्रोलिङ्गी भुमिका श्रेष्ठले आफु तेश्रोलिङ्गी भएकै कारण केटासाथीले प्रेममा धोका दिएको बताएकी छिन् । 
 
राजधानीमा आयोजिक एक कार्यक्रममा सहभागी युवाहरुलाई आफ्नो जीवन भोगाइका अनुभव बाड्ने क्रममा उनले तेश्रो लिङ्गी भएको थाहा पाएपछि केटासाथीले आफुलाई प्रेममा धोका पाएको बताएकी हुन् ।  उनले भनिन् 'समाजको तेश्रोलिङ्गीप्रति हेर्ने दृष्टीकोण अझै पनि परिवर्तन भएको छैन ।' मगंलबार 'युथ एक्सन नेपाल'ले तेश्रो लिङ्गीको विषयमा आयोजना गरेको कार्यक्रममा 'ब्लु डायमण्ड सोसाइटी'मा समेत आबद्ध श्रेष्ठले तेश्रोलिङ्गीप्रति हेरिने दृष्टीकोणका विषयमा चर्चा गरेकी थिइन् । 
 
तेश्रोलिङ्गी भएकै कारण हरेक दिन घरपरिवार, टोल छिमेक, सडकपेटीदेखी काम गर्ने कार्यालयबाट समेत तिरस्कृत हुन परेको उनले दुखेसो गरेकी छन् । 
 
स्वभाव र भावना फरक हुदैमा तेश्रोलिङ्गीप्रति विभेद गर्ने अधिकार समाजलाई नभएको आयोजक सस्थाकी भावना भट्टले बताएकी छन् । नेपालमा करिब ५ लाख समलिङ्गी एवं तेश्रोलिङ्गी लगायतको सख्या  रहेको कार्यक्रममा बताइएको थियो । 

, ,

0 comments

Write Down Your Responses