बर्दियामा मट्टितेल छर्केर आगो लगाई एक महिलाको हत्या
पुस ७, बर्दियामा सोमबार राति मट्टितेल छर्केर आगो लगाउँदा एक महिलाको मृत्यु भएको छ ।
जिउँदै शरिरमा मट्टितेल छर्केर आगो लगाउँदा पदनाहा–८ रानिपुर बस्ने ४० बर्षीया सीता थारुको मृत्यु भएको प्रहरीले बताएको छ ।डिएसपि नेत्रमणि गिरिले मट्टितेल छर्केर आगो लगाउँदा मृत्यु भएकी महिलाको घटनाबारे अनुसन्धान गरिरहेको जनाएका छन् । अहिलेसम्म उनलाई कसले शरिरमा मट्टितेल छर्केर आगो लगायो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त घटनाको अनुसन्धान भईरहेको छ |
0 comments
Write Down Your Responses