तेल चोरेर बेच्दै गर्दा आयल निगमका सात ट्याकर चालक-सहचालक प्रहरी नियन्त्रणमा/ १५ जना पक्राउ
हरिहरसिंह राठौर, धादिङ । नेपाल आयल निगमको थानकोट स्थित ईन्धन भण्डारणमा पुर्याउनु पर्ने तेल पृथ्वीराजमार्गमै दोव्वर मुल्य लिई वेच्न लागेका ७ जना ट्यांकर चालक र कर्मचारीलाई धादिङ प्रहरीले रंगेहात पक्राउ गरेकोछ ।
भारतको वरांैंदी डिपो वाट ईन्धन भरेर जोगवनी हुदैं थानकोट स्थित नेपाल आयल निगमको भण्डारणका लागी ल्याईदै गरेका ७ वटा ट्यांकर चालक लगायतका कर्मचारीलाई आज अपरान्ह २ बजेको समयमा थाक्रे –३ आठकिलो फेदीमा रहेको यूनिक मोजमस्ती स्टाफ होटल अगाडी पार्किङ्ग गरी ७ वटै डिजेल लोड ट्याङकरबाट सोही ट्याङकरका चालकहरु, सह चालक र होटल संचाल तथा कामदार समेतको मिलोमतोमा ट्यांकरमा लगाएको सिल तोडी पाईप वाट डिजेल निकाली प्रति लिटर रु.१ सय ५० का दरले होटलवालालाई बेची कालोबजारी गरी रहेको अवस्थामा पक्राउ परेको ईलाका प्रहरी कार्यालय खानीखोला का प्रहरी निरिक्षक यादव थापाले वताउनुभयो । सो कार्यमा संलग्न भएको १ लाख ४० हजार लिटर डिजल सहित ७ ट्याङकरहरु, चालकहरु, सह चालकहरु, खरिद गर्ने होटल संचालक र होटलमा काम गर्ने कामदारहरु समेतलाई पक्राउ गरी आवश्यक कारवाही र थप अनुसन्धानका लागी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हरि प्रसाद पौडेलले वताउनुभयो । प्रहरीले नियन्त्रणमा लिएका डिजल वोकेका ट्यांकरमा ना ४ ख ३११२, ना ४ ख ८६७३, ना ४ ख ४१४९, ना ४ ख ४०६, ना ४ ख ४०७, ना ४ ख ६१३२, र ना ४ ख ५०८१ छन् । प्रह्ररीले ट्यांकर चालकहरु सुनसरी सोनापुर १ का २४ वर्षिय विष्णु प्रसाद आचार्य, सुनसरीकै कुसाहा ८ का १७ वर्षिय अजय उराउ, सुनसरी महेन्द्रनगर ७ का ४४ बर्षिय महेश उराउ, मोरङ्ग बिराटनगर ५ का १९ बर्षिय मनोज राजवंशी, विराटनगरकै ३२ बर्षका रामबहादुर मगर, बिराटनगर १७ का १७ बर्षिय सुमेश भुजेल, बिराटनगर ५ का ५० बर्षका नेपनारायण माझी, सप्तरी बकदुवा ४ का २५ बर्षका संजय यादव,.सप्तरी रुपनगर ८ का ४५ बर्षका यमकुमार भुजेल, सोही ठाउँका वर्ष ३० का अरुण भुजेल, .धादिङ थाक्रे ३ का वर्ष १८ का बिशाल लामा,.थाक्रे ४ का वर्ष १९ का जीबन थिङ,. थाक्रे ९ का वर्ष २८ का बिक्रम आचार्य,.थाक्रे ३ का वर्ष २१ का बिष्णु सुवेदी र भारत पन्जावका ५२ वर्षिय गुरुदेव सिंहलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चालकहरुले प्रहरी समक्ष वाटोमा वेचेको ईन्धनको आधा रकम थानकोट डिपोका कर्मचारीलाई वुझाए पुरै वुझेको भर्पाई गरि दिने वयान दिएका छन् । तीनसाता अघि पनि प्रहरीले एउटा डिजल बोकेको ट्यांकर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
0 comments
Write Down Your Responses