अवैधरुपमा अमेरिका छिर्न खोज्ने १६ नेपाली ग्वाटेमालामा पक्राउ

७ पुस, काठमाडौं । अवैधरुपमा अमेरिका जान खोज्ने १६ नेपाली ग्वाटेमालामा पक्राउ परेका छन् । नेपालीहरुकै समूहमा रहेका १७ बंगलादेशी नागरिक पनि पक्राउ परेका छन् ।
राजधानी ग्वाटेमाला सिटी बाहिर जाने क्रममा उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको एएफपीले जनाएको छ । पक्राउ परेकाहरु सबै पुरुष छन् ।
उनीहरु एसियाबाट कसरी आइपुगे भन्नेबारे खुलेको छैन । अगष्ट महिनामा पनि ग्वाटेमाला हुँदै अमेरिका जान खोज्ने ११ नेपालीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको थियो ।

,

0 comments

Write Down Your Responses