खोटाङ दिक्तेलमा आगलागी हुदा दुई घर जलेर नष्ट

२ पुस, काठमाडौं । खोटाङ सरमुकाम दिक्तेलमा आगलागी भएको छ । दिक्तेल नगरपालिकाको रत्नपार्कमा दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो ।
हिरालाल पुरीबाट सुरु भएको आगोलागीमा परी केशव दाहालको पर पनि जलेको छ । अन्य घरको भने छानो उप्काएर आगो फैलन रोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीसहितको सहयोगमा आगो नियन्त्रण लिइएको छ । आगोले गलेको घरमा मोबाइल कपडा लगायतका पसल थिए र सबै सामान जलेर नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

,

0 comments

Write Down Your Responses