राष्ट्रपति विद्यादेवी भण्डारी माथि राम जानकी मन्दीरमा भएको दुब्र्यवहार गर्नेलाई कारवाही नभए बिभिन्न पार्टी महिलाहरुले आन्दोलन गर्ने
विभिन्न राजनीतिक पार्टी निकट महिला संघ संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारी माथि रामजानकी मन्दीरमा भएको दुब्र्यवहार, अपमान र आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कारवाही गर्न सरकारलाई अल्टिमेटम दिएको छ।
नेपाल महिला संघ, अनेमसंघ, अनेमसंघ (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन (नेपाल), राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, अखिल नेपाल प्रगतिशिल महिला संघ, नेपाल महिला फेडेरेशन र अखिल नेपाल महिला संघ संलग्न रहेको संयूक्त महिला संघ संघर्ष समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दुई चरणको आन्दोलन घोषणा गरेको छ ।
घोषित पहिलो चरणको आन्दोलन अन्र्तगत सोमबार आज सभामुख, प्रधानमन्त्री र गृहमन्त्रीकोमा डेलिगेसन गरेर ध्यान आर्कषित गराईएको र संसदमा आवाज उठाउन सबै संसदहरुलाई पत्रकार गरिएको छ । दोस्रो चरणको आन्दोलनमा भने सबै जिल्लामा विरोध सभा गर्ने र प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउने रहेको छ ।
समितिले राष्ट्रपतिलाई विधुवा भन्ने, मन्दीरमा गंगाजल छर्किने, आक्रमण गर्ने जस्ता विषय राष्ट्रप्रतिको अपमान, सस्कृतिमाथिको प्रहार र धर्मको नाममा महिलामाथि गरिएको हिंसा भएको दावी गर्दै यसले मुलुकको बेईज्जत गरेको ठोकुवा गरिएको थियो ।
पत्रकार सम्मेलनमा नेपाल महिला संघकी अध्यक्ष डिला संग्रौलाले राष्ट्रपतिमाथि दुब्र्यवहार भएको एकसाता भित्र पनि अपराधी पक्राउ नपरेकोमा आक्रोस ब्यक्तगर्दै तत्काल दोषीमाथि कारवाही नभए आफूहरुले त्यसका विरुद्ध देशब्यापी आन्दोलनको आँधी बेहरी ल्याउने चेतावनी दिईन । उनले राष्ट्रीयता र राष्ट्र प्रमुखमाथि भएको निन्दनीय ब्यवहारको विरुद्ध आवाज उठाउन सबैमा आग्रहसमेत गरिन ।
0 comments
Write Down Your Responses