श्रीमतीले यौनसम्पर्क राख्न अस्वीकार गरेपछि… आफ्नै दुई महिने छोराको हत्या !

हत्या गरिएका २ महिने बालक
एजेन्सी । श्रीमतीसँग विवाद भएपछि छत्तीसगढमा एक व्यक्तिले आफ्नै दुई महिने छोराको हत्या गरेका छन् 
उनकी श्रीमतीले यौनसम्पर्क राख्न अस्वीकार गरेपछि आवेगमा आएर छोराको हत्या गरेको प्रहरीले जनाएको छ । घटना दुर्ग जिल्लाको हो । बेलदारपाडामा आफ्ना परिवारका साथ बस्दै राकेश गोंडको घरमा उनकी पत्नी सीमा र दुई महिनाको छोरा थियो । आइतबार राति राकेश रक्सीको नशामा घर आइपुगे । यसैक्रममा श्रीमान–श्रीमतीबीच निकै विवाद भयो ।
त्यसपछि राति दुई बजे राकेश आफ्नी श्रीमती सुतेको कोठामा गएर उनीसँग यौन सम्बन्ध बनाउन खोजे तर, सीमाले मानिनन् । त्यसपछि दुबैबीच फेरि विवाद सुरु भयो । त्यही बीचमा राकेश राति तीन बजे आफ्नो दुई महिने छोरालाई उठाएर घरबाट हिँडे । उनी विहानसम्म घर फर्किएनन् ।
जब उनी फर्किएर आए तब तब उनको साथमा छोरा थिएन् । सीमाले जब आफ्नो छोराको बारेमा सोधिन तब राकेशले छोरालाई खाल्डोमा गाडेर आएको बताए । त्यसपछि सीमा छोरा गाडेको ठाउँमा पुगिन् । खाल्डोबाट छोरा निकाल्ने प्रयास गरिन् तर, त्यती बेलासम्म छोराको मृत्यु भइसकेको थियो । त्यसपछि राकेशले सीमा त्यही कुट्न थाले । उनी ज्यान बचाएर त्यहाँबाट भागेर घर पुगिन् र घटनाबारे परिवारलाई जानकारी गराइन् ।

सीमाका परिवारजनले यो घटनाबारे प्रहरीलाई जानकारी गराए । सूचना पाएपछि घटनास्थल पुगेर प्रहरीले बच्चाको शवलाई माटोबाट बाहिर निकालेर पोस्टमार्टम गरी परिवारको जिम्मा लगाएको छ । प्रहरीले सीमाको उजुरीका आधारमा राकेशविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी फरार रहेका राकेशको खोजी गरिरहेको छ

,

0 comments

Write Down Your Responses