कुवेत गएको ३ महिना नपुग्दै एक नेपालीले गरे आत्माहत्या पुरा पढ्नुहोस
पौष २, रामेछापको हिलेदेवि ८ का कमलराज थिङ तामाङले कुवेत पुगेको तीन महिना पनि नभई आत्माहत्या गरेका छन् । कुवेतको एल एण्ड टी कम्पनीमा कार्यरत ४८ वर्षीय कमल गएको असोज ४ गते कुवेत पुगेका थिए ।
उनकै कम्पनीमा कार्यरत टिकाराम बुढाले कुवेत आएको तीन महिना नपुग्दै उनले कोठामै आत्महत्या गरेको बताएका छन् । उनले आत्माहत्या गर्नुको कारण खुलेको छैन् ।
ड्युटिबाट उनि क्याम्पमा आएपनि धेरै बेरसम्म कोठामा नआएपछि उनलाई फोन गर्दा आफु माथिल्ले तलामा भएको बताएर लामो समयसम्म कोठामा नआएपछि खोज्न जाँदा क्याम्पको पाँऔ तला माथि उनलाई मृत अवस्थामा भेटिएको हो ।
श्रम सहचारी गोमादेवि ढकालले उक्त घटनाबारे नेपाली दूतावास कुवेतलाई कुनै पनि जानकारी नआएको बताएकी छन् ।
0 comments
Write Down Your Responses