आगलागी बाट धादिङ मा बाबु र छोरीको मृत्यु
मलेखु: उत्तरी धादिङको गुम्दी गाउँ विकास समिति–५ मा गएराति घरमा आगलागी हुँदा बाबुछोरीको जलेर मृत्यु भएको छ ।
गुम्दी गाविस–५ का ४८ वर्षीय शेरबहादुर गुरुङ र उनकी छोरी १५ वर्षीय धनमाया गुरुङको घरभित्रै जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सविन प्रधानले जानकारी दिए।
भूकम्पले भत्किएको घरमा न्यानो कपडा नभएपछि उनीहरु आगो बालेर घरभित्र सुतेको र अँगेनाबाट सल्केको आगोले उनीहरु जलेको प्रहरीले जनाएको छ । घरमा आगो लागेपछि बाहिर भागेका शेरबहादुर छोरीलाई लिन भित्र पसेपछि छोरीसँगै उनको पनि जलेर मृत्यु भएको थियो । शेरबहादुरकी श्रीमती भने घरबाट भागेर ज्यान जोगाउन सफल भएको गाउँवासीले जानकारी दिएका छन् ।
0 comments
Write Down Your Responses