मधेसी मोर्चासँग सरकारको वार्ता सकारात्मक



काठमाडौं, कार्तिक १५ - सरकार र मधेसी मोर्चाबीच आज भएको वार्ता सकारात्मक रुपमा टुंगिएको छ । तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा भएको वार्तामा सरकारी टोलीले मोर्चाका माग पूरा गर्ने प्रतिवद्धता जनाएको थियो । 

तर प्रदेशको सीमांकन हेरफेरका लागि कांग्रेससहितका दलहरुको सहमति आवश्यक हुने भन्दै सरकारी टोलीले राजनीतिक सहमतिपछि मात्रै संवैधानिक रुपमा माग सम्बोधन गर्न सकिने जनाएको थियो । मधेशी दलहरुले पनि सरकारी पक्षको धारणालाई सकारात्मक रुपमा लिएको छ । तर मोर्चाले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान भने छाडेको छैन । 

सीमांकन हेरफेरका विषयमा सत्तापक्ष र विपक्षी दल सम्बद्ध शीर्ष नेताहरुबीच छलफल गरेपछि मात्रै अर्को वार्ता हुने जनाइएको छ । सरकारी वार्ता टोलीका संयोजक तथा उपप्रधानमन्त्री कमल थापाले वार्ता सकारात्मक भएको संकेत गर्दै ट्वीट गरेका छन्, ‘आन्दोलनरत मधेसी मोर्चासँग आजको वार्तामा प्रदेश सीमांकनबारेमा राजनीतिक सहमति कायम गरी संवैधानिक प्रकृयाबाट सम्बोधन गर्न सकिने विकल्प पेश गरियो ।’

, , ,

0 comments

Write Down Your Responses