बन्दको अवज्ञा गरेको भन्दै ट्रक जलाइयो (फोटो फिचर सहित )
मंसिर १३, २०७२- बन्दको अवज्ञा गरेको भन्दै आइतबार बिहान चन्द्रनिगाहपुर–बागमति सडकखण्डको पौराई जंगलमा मालबाहक ट्रकमा आगजनी भएको छ । आगजनीको जिम्मेवारी कसैले लिएको छैन । नेक्रबिक्रम चन्द नेतृत्वको माओवादीले आयोजना गरेको नेपाल बन्दको दिन घटना भएकाले आगजनीमा माओवादीको कार्यकर्ता संलग्न भएको आशंका गरिएको छ ।
सुनसरीको चतराबाट बाँस लोड गरी काठमाडौ आउँदै गरेको ना२ख ९७६४ नम्बरको ट्रकलाई पूर्व पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिकास्थित पौराई जङ्गलक्षेत्रमा गरिएको हो ।
आगजनीबाट ट्रकमा पूर्णरुपले क्षति पुगेको छ । जंगलबाट केही समूहमा आएकाहरुले पेट्रोल खन्याई आगजनी गरेको चालक बलराम गौतमले बाए । ‘बन्दको बेला किन चलाएको भन्दै आगो लगाएर भागे’, उनले भने ।
आगजनीको कुनै समूहले जिम्मेबारी लिएका छैन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका नायव उपरीक्षक मनोजकुमार यादवले घटनास्थलमा तत्कालै प्रहरी पुगी संलग्नको खोजी गरेको जनाए ।
आगजनी गरिएको ट्रक । तस्बिर : शिव/कान्

0 comments
Write Down Your Responses