कम्युनिष्ट राष्ट्र उत्तर कोरियाले भक्तपुरमा रेष्टुरेन्ट खोल्ने !
काठमाडाैं - कट्टर कम्युनिष्ट राष्ट्र मानिने उत्तर कोरियाले भक्तपुरमा रेष्टुरेन्ट खोल्न प्रस्ताव गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ उत्तर कोरियाको दक्षिण प्योङगान प्रान्तको बाह्य मामिला निर्देशक किम जर ओको नेतृत्वमा हालै नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकामा रेष्टुरेन्ट खोल्न प्रस्ताव गरेको छ ।
भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत उद्धवप्रसाद रिजालले टोलीले भक्तपुर नगरको मुख्य स्थानमा यहाँकै मौलिक एवं परम्परागत शेलीको भवन बनाएर त्यसमा रेष्टुरेन्ट संचालन गर्ने प्रस्ताव गरेको जानकारी दिए । रिजालका अनुसार दुई देशबीच सांस्कृतिक आदानप्रदान र कला संस्कृतिको संरक्षण गर्ने ध्येयले उत्तर कोरियाले यस्तो प्रस्ताव गरेको हो । कोरियाले बजेटको व्यवस्था गरेर ठाउँ उपलब्ध गराउन कुनै समस्या नभएको रिजालले बताए ।
तर, उत्तर कोरिया नेपालको दाता राष्ट्रको सूचीमा छैन । ५० लाख अमेरिकी डलरभनदा कम सहयोग स्वीकार गर्ने नेपाल सरकारको नीति छैन । भक्तपुर भ्रमणको बेला प्रतिनिधि मण्डलले नेपाल मजदुर किसान पार्टीक अध्यक्ष नारायणमान बिजुक्छेसँगसमेत भेट गरेको थियो ।

0 comments
Write Down Your Responses